दफा १८
हातहतियार साथमा लिएर हिँड्न वा प्रयोग गर्न नहुने
(१) सुरक्षाको काममा खटिएका सुरक्षाकर्मीले कानून बमोजिम लिन पाउने हातहतियार बाहेक अन्य कुनै पनि व्यक्तिले मतदान केन्द्र वा मतगणना स्थल र त्यसको वरिपरि कुनै प्रकारको विष्फोटक पदार्थ वा रासायनिक वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँड्न, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) विपरीतको कार्य गर्ने व्यक्तिलाई दुई लाख रुपैयाँसम्म जरिबाना वा तीन बर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।